×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेष्टर्न डेभलपकाष्ठमण्डप डेभलपमेन्ट बैंकको ६ महिनाको खुद नाफा दश करोडभन्दा बढी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वेष्टर्न डेभलपकाष्ठमण्डप डेभलपमेन्ट बैंकको ६ महिनाको खुद नाफा दश करोडभन्दा बढी

Artha Sarokar

७ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – काष्ठमण्डप डेभलपमेन्ट बैंकले  चालु आर्थिक वर्षको २०७३ पौष सम्ममा दश करोडभन्दा बढी खुद नाफा कमाएको छ । बैंकको  ७ अर्व ८३ करोड निक्षेप तथा  ६ अर्व ४३ करोड कर्जा लगानी भएको  बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै बैंकले नेपाल धितोपत्र बोर्डबाट  आस्वा प्रणाली अनुरुप सार्वजनिक निष्काशन हुँदाका बखत लगानीकर्ताहरुबाट दरखास्त संकलन तथा त्यस सम्बन्धी काम गर्ने अनुपति प्राप्त गरेको जनाएको  छ ।
 बैंकका अनुसार धितोपत्र बोर्डले व्यवस्था गरे अनुसार  बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट आश्वा सुविधा दिइने छ ।
यस प्रणाली अन्तर्गत धितोपत्र निष्काशन हुँदाको बखत लगानीकर्ताहरुबाट दरखास्त बुझेर लगानीकर्ताहरुको खातामा रकम रोक्का राखि दरखास्तको निस्सा दिईनेछ । धितोपत्र बाँडफाँड भएपछि निवेदनको भागमा परेको रकम बराबर मात्र उक्त खाताहरुमा डेविट गरी बाँकी रकम फुकुवा गरिने पनि बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी