×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेष्टर्न डेभलपमेन्ट बैंकको नाफा शतप्रतिशत बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वेष्टर्न डेभलपमेन्ट बैंकको नाफा शतप्रतिशत बढ्यो

Artha Sarokar

७ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौ – दाङमा केन्द्रिय कार्यालय रहेको वेष्टर्न डेभलपमेन्ट बैंकले ६ महिनामा पाँच करोडभन्दा बढी नाफा गरेको जनाएको छ । बैंकले यस आर्थिक वर्षको ६ महिनामा ५ करोड ४२ लाख ४७ हजार रुपैँया नाफा गरेको हो ।
यो रकम गत आर्थिक वर्षको यहि समयको नाफा रकमभन्दा एकसय नौ प्रतिशत बढी भएको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यस्तै बैंकले खुद मुनाफा  २ करोड ६४ लाख ५८ हजार रुपैँया कमाएको छ । यो खुद मुनाफा गत वर्षको भन्दा ९३।४३ प्रतिशतले बढी हो ।
बैंकको निक्षेप पनि गत वर्षको भन्दा बढेको छ । निक्षेप २३।८८ प्रतिशत बढेर २ अर्ब २९ करोड ९३ लाख रुपैँया पुगेको छ । यस्तै बैंकले कर्जा लगानी पनि गत वर्षको भन्दा ४८।७६ प्रतिशत बढाएको छ ।  बिज्ञप्ति अनुसार बैंकले यस आर्थिक वर्षको ६ महिनामा १ अर्ब ७३ करोड ८१ लाख रुपैँया कर्जा प्रवाह गरेको छ।
बैंकको दाङ, बाँके र कपिलबस्तुमा १३ शाखाहरु संचालनमा छन् । साथै बैंकले बाँकेकै समशेरगंज, सम्झनाबजार र खजुराबजारमा थप ३ वटा नयाँ शाखाहरु संचालन गर्ने तयारी गरेको समेत जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी