×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ अर्ब बराबरको हकप्रद निष्काशन गर्दै नेपाल एसबीआई बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२ अर्ब बराबरको हकप्रद निष्काशन गर्दै नेपाल एसबीआई बैंक

Artha Sarokar

६ माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपाल एसबीआई बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्ति गरेको छ । बैंकले १ अर्ब ९९ करोड १९ लाख ४२ हजार ३ सय ६० रुपियाँ बराबरको हकप्रद निष्काशन गर्ने भएको हो  । 
बैंकले माघ २७ गते बोलाईएको बार्षिक साधारणसभामा सेयरधनीलाई २८ प्रतिशत वोनस वितरणको प्रस्ताव  सहित चालीस प्रतिशत हकप्रदको प्रस्ताव लैजाने भएको हो । बैंकले संस्थापक सेयरधनी र साधारणसेयरधनीको शेयर स्वामित्व ७०स्३० कायम गर्न हकप्रदको प्रस्ताव अघि सारेको हो  ।
सो हकप्रद निष्काशनको लागि एमएमबि क्यापिटल बिक्रि प्रबधंकको रुपमा नियुक्त भएको छ। बैंकका तर्फबाट सीईओ अनुकुल भाटनगर र क्यापिटलको तर्फबाट चिफ अपरेटिंग अफिसर श्रीजेश घिमिरेबिच बुधबार सम्झौतामा हस्ताक्षर भएको हो । 
प्रस्तावित १०;४ अनुपातको हकप्रद एफपिओ  बाँडफांड र बोनस वितरणपछि निष्काशन हुने छ । एफपिओ, बोनस र हकप्रदपछि बैंकको चुक्तापुंजी ७ अर्ब पुग्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी