Skip to content
LAXMI SUNRISE BANK

फेरि ४० अर्ब लैजान राष्ट्र बैंकको प्रस्ताव

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 
काठमाडौं  – नेपाल राष्ट्र बैंकले बुधवार फेरि ४० अर्ब रुपैयाँ तरलता बैंकहरुलाई उपलब्ध गराउन प्रस्ताव गरेको छ। राष्ट्र बैंकले मंगलबार ४० अर्ब दिन्छु भन्दा एउटा बैंकले मात्र पैसा लगेको थियो। स्ट्यान्डर्ड चार्टर्ड बैक नेपालले एक अर्ब ५३ करोड रुपैयाँ लगेको थियो।

बैंकहरुले हिजो छोटो सुचनामा प्रस्ताव पेस गर्न नभ्याएको हुन सक्ने भन्दै राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँ बराबर ६ महिनाका लागि उपलब्ध गराउन लागेको हो।

मंगलबार बैंकहरुबाट २७ वटा आवेदनमार्फत ९ अर्ब ५६ करोड माग भएपनि ब्याज दर चलनचल्तीभन्दा निकै कम हालेको भन्दै पैसा दिन अस्वीकार गरेको थियो। अन्तर बैंक सापटी ३।७४ प्रतिशतमा चलिरहेका बेला बैंकहरुले भने योभन्दा कममा पैसा दनि प्रस्ताव गरेका थिए। राष्ट्र बैंकले उनीहरुको प्रस्ताकव अस्वीकार गरिदियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK