
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – भार्गव विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ८० लाख आठ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको यही त्रैमासको भन्दा करिब ७७ लाख ३१ हजार रूपैयाँले धेरै हो । गत वर्ष दोस्रो त्रैमासमा भार्गवले एक करोड दुई लाख ७७ हजार तीन सय ७० रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
भार्गवको खराब कर्जा अनुपात थोरैले माथि गएको छ । गत वर्ष दोस्रो त्रैमासमा ०।३०५ मात्र रहेको खराब कर्जा यो वर्ष ०.४२५ पुगेकोे छ । भार्गवको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा भने चार करोड आठ लाख ८४ हजार छ सय ३० रुपैयाँ छ ।
त्यस्तै, भार्गवले खुद ब्याज आम्दानीमा एक करोड २५ लाख ८३ हजार तीन सय ३० रुपैयाँले बढोत्तरी गरेको छ । बैंकले गत वर्ष दुई करोड ४८ लाख ५० रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यो पटक बढाएर तीन करोड ७३ लाख ८३ हजार तीन सय ८० रुपैयाँ पुर्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्