×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ डेभलपमेन्टले शेयरधनीहरुको लागि १०: ६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिद्धार्थ डेभलपमेन्टले शेयरधनीहरुको लागि १०: ६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने

Artha Sarokar

३ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – सिद्धार्थ डेभलपमेण्ट बैंकले शेयरधनीहरुको लागि १०स् ६ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नबिलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रवीणरमण पराजुलीले हस्ताक्षर गरे।बैंकको मंसिर २४ गते भएको साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।
अहिले बैंकको चुक्ता पूँजी १ अर्ब ४१ करोड रुपैयाँ छ । हकप्रद जारीपछि बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड पुग्नेछ।बैंकले चालु आर्थिक वर्षमा आर्जित मुनाफबाट बोनश वितरण गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी