
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – मलेसियाको क्लाललम्पुरबाट आएको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नै लाग्दा ओभरसुटु गरिएको छ । क्वालालम्पुरबाट आइतबार दिउँसो आएको एयर एसियाको जहाज अवतरण गर्नै लाग्दा धावनमार्गमा कुकुरको हुल देखिएपछि ओभरसुट गरिएको हो ।
विमानस्थल टावरले धावनमार्ग छेउमा ३ कुकुर देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न निर्देशन दिएको थियो। त्यस समय जहाज कोटेश्वरको आकाशमाथि आईसकेको थियो । तिनै कुकुरको कारण नयाँ दिल्लीबाट आएका एयर इन्डिया तथा जेट एयरवेजको जहाजको पनि उडान प्रभावित भएको विमानस्थलले जनाएको छ।
विमानस्थलका शिकारीले गोली हानेर कुकुर मारेपछि विमानस्थल सुचारु भएको छ । समय समयमा कुकुर, बाँदर, चराका कारण उडान–अवतरणमा समस्या हुने गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्