×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाईफ इन्स्योरेन्सको एफपिओ भर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL

नेपाल लाईफ इन्स्योरेन्सको एफपिओ भर्ने आज अन्तिम दिन

२ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (Nepal life insurance company) ले निष्काशन गरेको फर्दर पब्लिक अफरिङ (FPO) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनी (NLIC)  ले पुस २७ गतेदेखि ३० लाख ९६ हजार ४ सय २९ कित्ता फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गरेको थियो ।
कम्पनीको शेयरमा शुक्रबार सम्म एक लाख भन्दा बढी आवेदकबाट १५ अर्ब ५० करोड भन्दा बढीको आवेदन परेको बताइएको छ । यो कम्पनीले माग गरेभन्दा साढे ३ गुणा बढी हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो प्रारम्भिक तथ्यांक भएकोले यकिन विवरण आउन बाँकी रहेको बताइएको छ ।
कम्पनीको शेयरमा शुक्रबार मात्रै साढे ७ अर्बको आवेदन परेको छ । ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको उक्त शेयरमा करिब ४६ हजारले आवेदन दिएका थिए ।
अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गरेको थियो । कम्पनीको शेयरमा न्युनतम १० कित्ता १४ हजारर २५० रुपैयाँ देखि अधिकतम ३० हजार ९६० कित्ता ९४ करोड ४१ लाख १८ हजार रुपैयाँ० सम्म आबेदन गर्न पाईने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी