×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले मोरङमा ओली पक्ष विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले मोरङमा ओली पक्ष विजयी

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

 काठमाण्डौ  – एमाले मोरङको अध्यक्षमा ओली पक्षका उम्मेदवार विनोद ढकाल विजयी भएका छन् । ढकालले ५ सय ३ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्दी नेता माधवकुमार नेपाल खेमाका महेश रेग्मीले ३ सय २ मत प्राप्त गरे । अघिल्लो अघिवेशनमा महेश रेग्मीले विनोद ढकाललाई २१ मतअन्तरले पराजित गरि अध्यक्ष भएका थिए ।
त्यस्तै उपाध्यक्षमा रामलाल साह, सचिवमा ऋषि पोखरेल र सहसचिवमा घना तामाङ विजयी भएका छन् । विजयी सबै ढकाल प्यानलमा हुन् । नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भए पनि मतगणना भने बिहीबार दिउँसो १ बजेबाट सुरु भएको थियो ।
उपाध्यक्षमा विजयी रामलाल साहले ६ सय ४९ मत पाए भने उनका प्रतिस्पर्धी सत्यनारायणले ३ सय ५७ मत पाएका थिए । उपाध्यक्षमा ५ सय ७ मत ल्याएर ऋषि पोखरेल र सहसचिवमा ५ सय ७ मतसहित विद्या चाम्लिंगसँगै ४ सय ५८ मत ल्याएर घना तामाङ विजयी भएकी छन् । मतदानमा कुल ८ सय ६५ मत खसेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी