×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्कासी क्याप्टेनको मोबाइल ‘स्विचअफ’ भएको थाहा भएपछि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एक्कासी क्याप्टेनको मोबाइल ‘स्विचअफ’ भएको थाहा भएपछि

२८ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन् । जहाज मंगलबार राती साँढे ११ बजे उड्ने तालिकाअनुसार एक घण्टा देखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड चालकदल सदस्य सबै दुरुस्त ।
तर जहाज उँड्दैन । करिब आधा घण्टाअघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन् ।
चालकदलका सदस्यले बल्ल साँढे ११ बजे थाहा पाए – जहाज कमान्ड गर्दै दोहासम्म उडाएर लैजानुपर्ने बरिष्ठ क्याप्टेन ओमबहादुर ओबी गुरुङको मोबाइल फोन ‘स्विचअफ’ छ ।
उडान तालिकाअनुसार उड्नु एक घण्टाअघि क्याप्टेन र को पाइलट विमानस्थल पुगिसकेको हुनुपर्दछ ।
तर, क्यापटेन गुरुङ भने मोवाइल फोन स्विचअफ गरेर ‘गैरजिम्मेवार’ तरिकाले सम्पर्कविहीन भएपछि बाँकी चालकदलले उडान रद्द भएको घोषणा गर्यो । यो खबर आजको नागरिकमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी