Skip to content
LAXMI SUNRISE BANK

ओबामाले विदाइ मन्तव्यमा भने : ८ वर्ष अघि भन्दा अहिले अमेरिका उत्कृष्ट र सुदृढ

अर्थ सरोकार

एजेन्सी – अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रगतिशित परिवर्तन प्रतिको दृष्टिकोण कहिल्यै नत्याग्ने बताएका छन्। राष्ट्रपतिका रुपमा विदाई भाषण गर्दै ओबामाले आम मानिसको संलग्नता, सहभागीता र ऐक्यबद्ध मागले मात्रै परिवर्तन सम्भव हुन्छ भन्ने आफुले सिकेको बताए।
 २० वर्षे उमेरमा पहिलो पटक शिकागो पुगेको र आफूले विश्वासको शक्ति, संघर्ष र हारमा पनि मानिसको सौम्यता देखेको भन्दै उनले राष्ट्रपति भएको ८ वर्ष पछि आफूलाई यसप्रति अझै विश्वास रहेको बताए। शिकागोमा आयोजित कार्यक्रममा बिदाई भाषण दिँदै ओबामाले आफ्नो शासनकालमा गरेका थुप्रै कामको फेहरिस्त प्रस्तुत गर्दै ८ वर्ष अघि भन्दा अहिले सबै पक्षबाट अमेरिका उत्कृष्ट र सुदृढ बनेको दावी गरे।
 उनले परिवर्तन प्रतिको क्षमतामा विश्वास गर्न र सबै मुद्धालाई एक अर्काको दृष्टिबाट हेर्न अमेरिकीलाई आग्रह पनि गरेका छन्। सत्ताको शान्तिपूर्ण हस्तान्तरणको तयारी भएको भन्दै ओबामाले अबको १० दिन मा विश्वले अमेरिकी लोकतन्त्रको एउटा उदाहरण देख्ने बताए। जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता सम्हाल्ने तयारी गरेका छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK