×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभिन्न बैंकबाट निकालेको २८ लाख ५० हजार रुपैयाँ स्कुटरको डिक्कीबाट चोरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विभिन्न बैंकबाट निकालेको २८ लाख ५० हजार रुपैयाँ स्कुटरको डिक्कीबाट चोरी

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्कुटरको डिक्कीबाट २८ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा.६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीबाट नगद २८ लाख ५० हजार रुपैयाँ चोरी भएको हो ।
प्रहरीका अनुसार अधिकारीले विभिन्न बैंकबाट निकालेर ल्याएको उक्त नगद सोमबार बेलुकी चोरी भएको हो ।डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको पीडितले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा घटना नाटकीय रहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी