×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको शक्ति प्रदर्शनले बेमौसमी बाजा जस्तै हो उपेन्द्र यादव

LAXMI SUNRISE BANK
GLOBAL

एमालेको शक्ति प्रदर्शनले बेमौसमी बाजा जस्तै हो उपेन्द्र यादव

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – संविधान संशोधनको विरोधमा नेकपा एमालेसहित विपक्षी नौ दलहरु गरेको शक्ति प्रदर्शनले मुलुकलाई मुठभेड तर्फ उन्मुख गराएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् ।
मोरङको विराटनगमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजाको संज्ञा दिए । उनले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने चेतावनी दिए ।
परिमार्जन सहित संशोधन विधेयक पारित गरेर निर्वाचनमा जानुपर्ने माग गर्दै आएको मधेशी मोर्चा घटक फोरम नेपालका अध्यक्ष यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने बताए ।
संविधान संशोधन मार्फत मधेसी जनताको अधिकार सुनिश्चित गरिए मात्रै निर्वाचनमा जान सकिने उनको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी