
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – एमाले लगाएतका ९ दलले गरेको शक्ति प्रदर्शनको विरोध सभामा एमाले लगाएत अन्य आठ दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । शक्ति प्रदर्शन दिउसो १ बजेबाट शुरु हुने बताइएको छ ।
सरकारले मंसिर १४ गते संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावका विरुद्धमा प्रदर्शन गरेर जनता पनि संशोधनको विरुद्धमा रहेको देखाउने योजना रहेको छ ।
कार्यक्रममा एमालेका तर्फबाट केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, र महासचिव इश्वर पोख्रेल सहभागी रहेका छन् ।
मालेका तर्फबाट सीपी मैनाली, जनमोर्चाका चित्रबहादुर केसि, नेपाल मजदुर किसान पार्टीका नारायणमान विजुक्छे लगाएतका नेताहरु उपस्थित रहेका छन् ।
त्यस्तै नेपाल परिवार दलका एकनाथ ढकाल, राष्ट्रिय जनमुक्ति पार्टी, बहुजन शक्ति पार्टीका नेताहरु समेत कार्यक्रममा उपस्थित रहने बताईएको छ । कार्यक्रममा सबै पार्टीका नेताहरु उपस्थित भएता पनि ९ दलका प्रमुख नेताले मात्र सम्बोधन गर्ने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्