×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद् बैठकमा पुस २७ गते पर्ने पृथ्वीजयन्तीबारे छलफल हुदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मन्त्रिपरिषद् बैठकमा पुस २७ गते पर्ने पृथ्वीजयन्तीबारे छलफल हुदै

Artha Sarokar

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सरकार सकारात्मक देखिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा आपूर्तिमन्त्री दीपक बोहराले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने प्रस्ताव गरेका थिए। बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत हुन्।

बोहराको प्रस्तावमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले समर्थन जनाए। उनीहरुको समर्थनपछि प्रधानमन्त्री प्रचण्डले बिदाका लागि आफू सकारात्मक रहेको बताएका छन्।

२०६२र६३ को जनआन्दोलनपछि २०६३ बाटै सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन छाडेको थियो। नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा लिएर सार्वजनिक बिदा दिनुपर्ने माग भने भइरहेको थियो।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी