×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबैध रूपमा स्पेन छिर्न लागेकी युवती यसरी परिन् प्रहरीको फन्दामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अबैध रूपमा स्पेन छिर्न लागेकी युवती यसरी परिन् प्रहरीको फन्दामा

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – हालै सुटकेसभित्र बन्द गरी अबैध रूपमा स्पेन छिर्न लागेकी युवती प्रहरीको फन्दामा परेकी छन् । युरोपेली मुलुक स्पेन छिराउन लागिएको अवस्थामा मोरक्कोकी एक १९ वर्षकी किशोरीलाई पक्राउ गरिएको हो ।
मिरर अनलाइनका अनुसार १९ वर्षीया ती युवती ठूलै जुक्ति लगाएर स्पेन छिर्न अनुमति पाएका आप्रवासीको सुटकेसमा लुकेकी थिइन् । तर जब स्पेनको सीमा क्षेत्रको प्रहरीलाई सुटकेटको वजन शंका लाग्यो तब उसले पुनः जेकजाँच गर्यो ।
त्यसक्रममा सुटकेस खोलेर हेर्दा सुटकेस भित्र एक युवतीलाई लुकाइएको पाइयो । यो वर्षको सुरुमा ११ सयभन्दा धेरै अफ्रिकी आप्रवासीहरु स्पेनको सीमाक्षेत्रमा घुस्ने असफल प्रयास गरेका थिए ।
तीमध्ये दुई जनालाई मात्र स्पेन सरकारले उपचारका लागि स्पेन छिर्ने अनुमति दिएको थियो । त्यसरी अनुमति पाएकामध्ये एक जनाको सुटकेसभित्र लुकेर ती युवती स्पेन छिर्ने प्रयास गरेकी थिइन् । तर विचार उनी सिमानामै पक्रिइन् ।
लागूपदार्थ, सुन तथा हतियार तस्करीको बारेमा त सुनिएकै हो । वैदेशिक रोजगारी लगायतको नाममा मानव तस्करी हुने गरेको पनि देखिएकै हो । तर सुटकेसमा राखेर किशोरीको तस्करी हुने गरेको घटना भने यो सायदै पहिलो होला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी