
सी नेपाल आउने संकेत
चीनले सन् २०१७ का लागि ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम’ घोषणा गरेको छ । यसलाई यस वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रूपमा लिइएको छ । राष्ट्रपतिले भ्रमण गर्ने वर्ष चीनले सम्बन्धित देशमा पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गर्दै आएको छ ।
चीनले केही दिनअघि नेपाली दूतावासका अधिकारीलाई यसबारे जानकारी दिएको थियो । मंगलबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चाइना नेसनल टुरिजम एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका महानिर्देशक चाङ लिचोङसँग भेट गरी ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम २०१७’ घोषणा गरेकोमा धन्यवाद दिएका छन् । ‘चीनको यो कदमले नेपालमा पर्यटकको संख्या सन् २०१७ मा उल्लेख्य रूपमा वृद्धि हुनेछ,’ पौड्यालको भनाइ उद्धृत गर्दै नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एक वर्षमा ८० हजार चिनियाँ पर्यटकले गरे नेपाल भ्रमण
सन् २०१६ मा करिब ८० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१४ मा १ लाख २८ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा गएका थिए । सन् २०१५ मा यो संख्या ६६ हजार थियो । साहसिक पर्यटनमा जान चिनियाँ युवाका लागि नेपाल अद्वितीय गन्तव्य भएको भन्दै सो सन्देश सामाजिक विज्ञापन, अनलाइन मिडिया तथा पर्यटक सम्बन्धित प्रकाशनहरूमा प्रचार–प्रसार गरिदिन पौडेलले महानिर्देशक चाङसँग आग्रह गरेका थिए ।
चाङले सन् २०१६ को मेमा विश्व पर्यटन सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले घोषणा गरेका परियोजनाका लागि नेपालले सम्बन्धित च्यानलमार्फत प्रस्ताव ल्याउन आग्रह गरेका छन् । उनले भूकम्पपछिको सुरक्षा चासोलाई लिएर चीनका पर्यटकहरूमा सही सूचना पुग्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
चिनियाँ पर्यटकलाई नेपाल जान सहज होस् भनी बन्द रहेका सडक नाका चाँडो खोल्ने काम भइरहेको जानकारी पनि चिनियाँ पक्षले नेपाली अधिकारीलाई दिएको छ । नेपालमा चिनियाँ पर्यटक बढाउन चीनले जतिसक्दो चाँडो मर्मत गरी तातोपानी नाका खोल्ने आश्वासन दिइसकेको छ । यसले तिब्बत हुँदै जाने चिनियाँ पर्यटकलाई सहज हुनेछ ।
बेइजिङ–काठमाडौं उडानको पहल
बेइजिङस्थित नेपाली दूतावासले भूकम्पपछि खस्केको पर्यटक वृद्धि गर्न केही सातायता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बेइजिङबाट काठमाडौंसम्म सीधा हवाई सुविधा सञ्चालन गर्न विभिन्न हवाई कम्पनीसँग छलफल गरिरहेको छ । ‘बेइजिङबाट दैनिक हवाई सेवा दिन व्यावहारिक नभए छेन्दुमा केही समय ट्रान्जिट राखेर सञ्चालन गर्न अनुरोध गरेका छौँ,’ दूतावासका अधिकारीले भने, ‘चीनले भूकम्पपछि नेपाल भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश मात्र दियो भने पनि धेरै पर्यटक बढ्नेछन् ।’
सी नेपाल आउने संकेत
‘चीनका राष्ट्रपतिले भ्रमण गर्ने देशका लागि पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गरेको अनुभवका आधारमा यस वर्ष उनले नेपाल भ्रमण गर्ने आधार बलियो छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रपतिको भ्रमण नेपालको तयारीमा भर पर्छ । चीनबाट यो वर्ष भ्रमण हुने संकेत आएको अर्थमा यसलाई बुझ्नुपर्छ ।’आजको नयाँ पत्रिकामा खवर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्