- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार प्रति तोला ५२ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५२ हजार ७ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।
चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५ हजार १ सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ९ सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ५६ रुपियाँमा कारोबार भई रहेको छ ।