×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोनाल्ड ट्रम्पलाई योनी उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डोनाल्ड ट्रम्पलाई योनी उपहार

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्पको ‘महिलाको यौनांगमा समाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण निकै विवादमा तानिए । सोही अभिव्यक्तिका कारण उनले चुनाव हार्ने आँकलन पनि गरियो । तर सबै अनुमानलाई गलत सावित गर्दै उनले चुनाव जिते ।
राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्ने तयारीमा रहेका डोनाल्ड ट्रम्पले अनौठो उपहार प्राप्त गर्दैछन् । विश्वभरका मानिसहरुले ट्रम्पलाई अब योनी उपहार पठाउन सक्नेछन् ।अमेरिकाको एक समलिंगी स्कुलका जोडी जुल्स र गेबले ‘सेन्ड ट्रम्प पुस्सी’ नामक गैरनाफामूलक वेबसाइट खोलेका छन्, जसबाट विश्वका जोसुकै मानिसले सिधै ट्रम्पलाई योनी उपहार पठाउन सक्नेछन् ।
वास्तवमा त्यो महिला यौनांगको आकार तथा रंगसँग ठ्याक्कै मिल्ने ललिपप हुनेछ । उक्त वेबसाइटलाई ३ दशमलव ९९ डलर तिरेर अर्डर गरेपछि गेब र जुल्सले सिधै ती योनीस्वरुपका ललिपपहरु न्युयोर्कस्थित ट्रम्पको मुख्यालयमा पठाइदिनेछन् ।
ट्रम्पलाई यौनांग उपहार पठाउने यो अभियानको एउटा उद्देश्य छ । यसमार्फत उनीहरु अमेरिकी राष्ट्रपति चुनावको परिणामबाट असन्तुष्ट हुने धेरै मानिसहरु छन् भन्ने कुरा ट्रम्पलाई जानकारी गराउन चाहन्छन् । हामी अमेरिका र ट्रम्पबाट असन्तुष्ट छौँ । समावेशी र महिलाविरोधी नहुने अमेरिकाप्रतिको हाम्रो चाहना कायमै छ भन्ने कुरा ट्रम्पलाई योनी आकारका ललिपप पठाएर व्यक्त गर्न चाहन्छौँ ।
महिलाका मुद्दाहरुमा ट्रम्पको रवैयाप्रति आलोचना गर्दै उनलाई ‘महिला विरोधी सुँगुर’ भनिएको छ । साथै उनले अश्लील पर्खाल खडा गर्न थालेको र उनी पुरुषवादी, जातिवादी रहेको पनि आरोप लगाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी