×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल–चीन सैन्य अभ्यासले भारत सशंकित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल–चीन सैन्य अभ्यासले भारत सशंकित

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – नेपालसँग प्रायः नियमित सैन्य अभ्यास गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको  छ ।
चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्याउन सक्ने भारतले आशंका व्यक्त गरेको हो ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
नेपाल–चीनबीचको सैन्य अभ्यासको तयारीलाई लिएर भारतीय अधिकारीहरुले दिल्लीस्थित नेपाल दूतावास र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जिज्ञासा राखेको परराष्ट्र स्रोतले जनाएको छ ।
यही प्रसंगलाई जोडेर भारतीय अखबार टाइम्स अफ इन्डियाले मंगलबारको अंकमा राजदूत उपाध्यायसँगको भनाई राखेर समाचार प्रकाशित गरेपछि भारतीय चासो प्रष्ट रुपमा सार्वजनिक भएको हो ।
नेपालले भारतसँग् वर्षौँ अघिदेखि संयुक्त सैन्य अभ्यास गर्दै आएकामा चीनसँग पनि त्यस्तै अभ्यास हुन लागेको अवस्थामा अनावश्यक प्रचार मात्र भएको नेपाली सेनाका अधिकारीहरु बताउँछन् ।
स्रोतका अनुसार चिनियाँ पक्षले नेपाललाई २ महिनापछि तालिम गर्न प्रस्ताव गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी