×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत् चोरीको अभियोगमा १६ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

विद्युत् चोरीको अभियोगमा १६ जना पक्राउ

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ।  प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट सो अभियोगमा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए।
 पक्राउ परेका सबैलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।  विद्युत् नचोर्न पटक(पटक सार्वजनिक सूचना जारी गरे पनि सूचनाको अवज्ञा गरेपछि बाध्य भएर चोरीमा संलग्नलाई पक्राउ गर्नुपरेको उनको भनाइ छ। 
 पछिल्लो तीन महिनदेखि चोरीमा संलग्न हुनेहरुलाई विद्युतीय सामग्री जफत गर्दै सम्झाएर छाडिएको थियो तर पटक पटक सम्झाउँदा पनि अटेर गर्दै विद्युत् चोरीबाट राईसमिल, समिल, अटो मोवाइल, वर्कसपजस्ता कारखाना समेत चलाएको पाइएपछि बाध्य भएर त्यस्ता व्यक्तिलाई कारबाही गर्ने अभियान चलाइएको केन्द्र प्रमुख सिंहको भनाइ छ। 
 पक्राउ परेका सबैलाई विद्युत् चुहावट नियन्त्रण ऐन अन्तर्गत कारबाही अघि बढाइने कार्यालयले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी