
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको पुनर्संरचनाको काम नसकी गरिने स्थानीय तहको निर्वाचनले कुनै अर्थ नराख्ने बताएका छन्। उनले अबको १३ महिनामा तीन वटै तहको निर्वाचन गराउन संभव नभएको बताए। उनले सरकारले प्राथमिकताको आधारमा चुनाव किटान गर्नुपर्ने बताए।
नेकपा एमालेको चार महिने जनपरिचालन अभियान अन्तर्गत नेकपा एमाले क्षेत्र नम्बर–१ ले इलामको दानाबारीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता खनालले देशमा संवैधानिक संकट आउन नदिन केन्द्रको चुनावलाई पहिलो प्राथमिकता दिनुपर्ने सुल्झाए। नेता खनालले केन्द्रको चुनाव पहिला गर्दा स्थानीय र प्रतिनिधि सभा बन्ने भएकाले यसले संवैधानिक संकट मोचनका लागि काम गर्न सक्ने बताए ।
देशमा संविधान र संघीयता कार्यान्वयनको मुद्दा जटिल बन्दै गएपछि नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई जोड दिएको नेता खनालले बताए। उनले भने,ुयसका लागि पुनर्संरचनाको कामलाई जतिसक्दो चाँडो बिना विवाद टुङ्ग्याउनु पर्छ।ु नेता खनालले नेपालको राजनीतिक इतिहासमा हिमाल, पहाड र राई अलग पहिचानमा कहिल्यै नरहेको बताए।
अहिले प्रयास भइरहेको जस्तो हिमाल, पहाड र तराईलाई अलग गर्ने कुरा एमालेलाई मान्य नहुने बताए। उनले भारतको निर्देशन र दबाबमा हिमाल, पहाड र तराईलाई छुट्याउन केहि व्यक्ति लागिपरेको बताए। पूर्वप्रधानमन्त्री खनालले हिन्दी भाषा नेपालको राष्ट्रिय भाषा हुन नसक्ने बताए।
नेपालमा बोलिने १ सय २५ मातृभाषामध्ये हिन्दी कसैको मातृभाषा नरहेको उनले बताए। उनले भने–‘उत्तरतिरका नेपालीले चाइनिज भाषा बुझ्न र बोल्न पनि जान्दछन्, यसको अर्थ चाइनिजलाई पनि राष्ट्रिय भाषा बनाउने भन्ने होइन,ुखनालले भने। कार्यक्रममा प्रदेशसभा सदस्य मणिकुमार लिम्बू, सांसद प्रेम गिरी, नेकपा एमाले इलामका अध्यक्ष राम राना, सचिव महेश बस्नेत, खिनु लङ्वालगायतले कार्यकर्तालाई सम्बोधन गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्