×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको साधारणसभा कहिले ?

PRIME CA

महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको साधारणसभा कहिले ?

अर्थ सरोकार

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकको ९.२६% र डेभलपर्स कम्पनीको १५.७८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 
महालक्ष्मीले चैत १३ गते वार्षिक साधारणसभा बोलाएको छ भने मंगलबार बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम सेयरधनी मात्र लाभांश पाउनेछन् । सभा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
यता नेपाल हाइड्रो डेभलपर्स कम्पनीको वार्षिक साधारणसभा चैत १७ गते हुने भएको छ भने कम्पनीले मंगलबार बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म कायम सेयरधनी मात्र प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्ने घोषणा गरेको ४% बोनस सेयरसमेत गरी १५% बोनस प्रस्ताव गरेको जनाएको छ । यस्तै कर प्रयोजनको लागि ०.७८% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्दैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा दिउसो ३ बजे सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: