
एजेन्सी – भारत र पाकिस्तानसँगको सीमा क्षेत्रमा चिनियाँ सेनाले सैनिक गतिविधी बढाएपछि भारतमा आतंक मच्चिएको छ । चीनको पिपल्स लिबरेशन आर्मीले भारतीय सीमा क्षेत्रमा गतिविधी तिव्र पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चिनियाँ सेनाले शिनजियाङको पश्चिमी क्षेत्रमा ठूलो सैन्य अभ्यास थालेपछि भारत तर्सिएको हो । यो क्षेत्र भारत र पाकिस्तानसँग चीनको सीमा जोडिएको क्षेत्र हो ।
यो सैनिक अभ्यासमा १० हजार भन्दा बढी सेना हभागी छन् । चीनको सरकारी अखबार पिपल्स डेलीले यो अभ्यास चिनियाँ सेनाले लुक्न, गुप्तर सूचना संकलन गर्न, दुश्मनको बारेमा जानकारी बटुल्नका लागि गरेको जानकारी दिएको छ ।
भारतीय सञ्चार माध्यमले भने यो सैनिक अभ्यास भारतप्रति लक्षित रहेको भन्दै समाचार बनाएका छन् । केही समय यता भारत र चीनबीच पनि सीमामा तनाव रहँदै आएको छ ।
कतिपय विश्लेषकहरुले चीन भारतसँग भिड्ने मनस्थितिमा रहेको समेत बताउने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्