×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दिनभर गलत कामका लागि दबाब आँउछ ‘: सञ्चारमन्त्री कार्की

LAXMI SUNRISE BANK

‘दिनभर गलत कामका लागि दबाब आँउछ ‘: सञ्चारमन्त्री कार्की

२५ मंसिर २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – सञ्चारमन्त्री सुरेन्द्र कार्कीले  नब्बे प्रतिशत गलत काम गर्नका लागि आफूलाई दबाब आउने गरेको खुलाशा गरेका छन ।
ललितकला पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भने ‘सरकार छ र हामी पनि खराब भयौं । अनि कहाँबाट राम्रो काम गर्न सक्छौं । ’
आफूलाई ९० प्रतिशत गलत कामका लागि प्रेसर आउने गरेको बताँउदै कार्कीले  दश प्रतिशत राम्रा कामका लागि दबाब आउने गरेको खुलाशा गर्दै कार्कीले दुखेसो पोखे ‘ दिनभर गलत कामका लागि दबाब आँउछ,म कहाँबाट राम्रो काम गर्न सक्छु रु’
आफू कुनै चन्द्रमाबाट नआएको र आम मानिसझैं भएका कारण आफूबाट गल्ती हुनुलाई सामान्य रुपमा लिइदिन आग्रह गरे ।
फरक प्रंसगमा मन्त्री कार्कीले कलाकारले मेरा दर्शक भएनन भनेर चित्त दुःखाउनु बेकार भएको बताए ।
उनले भने ‘ जसरी औषधिको सेवन रोगीले मात्र गर्दछ,निरोगीले सेवन गर्दैन ठीक कलाकारिताको रसस्वादन पनि त्यस्को सौन्दर्य चेत बुझेको दर्शकले मात्र गर्न सक्दछ । आम दर्शकबीच सौन्दर्य चेत नै पुगेको रहेनछ भनेर कलाकारले बुझुनु पर्दछ ।’
नेपाल ललितकला पत्रकार मञ्चले आयोजना गरेको सेफाज पत्रकारिता सम्मान प्रदान गर्दै सञ्चारमन्त्री कार्कीले यस्तो खुलाशा गरेका हुन ।
सोफाज नेपाल वरिष्ठ पत्रकारिता सम्मानबाट राससका कार्यकारी सम्पादक श्याम रिमाल पुरस्कृत भएका छन । त्यस्तै सेफाज नारायण बहादुर सिंह ललितकला पत्रकारिता पुरस्कारबाट  राससकै अञ्जली रम्तेल,नागरिकको चादनी हमाल र विविसि नेपाली सेवाको सेवा भट्टराई पुरस्कार पाएका छन । पुरस्कारको राशि एघार हजार एक सय एघार रुपैंया रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी