×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोर्चाको धम्कीपछि एमाले भेला स्थगित

LAXMI SUNRISE BANK

मोर्चाको धम्कीपछि एमाले भेला स्थगित

२४ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि एमालेले वीरगन्जमा आयोजना गरेको दुईदिने भेला स्थगित भएको छ । वीरगन्जको नगर सभागृहमा शुक्रबार र शनिबार केन्द्रीय नेताको उयपस्थितिमा गर्न लागिएको एमाले मुखपत्र नवयुगको वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको हो ।
कार्यक्रममा महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायतका केन्द्रीय नेता सहभागी हुने भनिएको एमालेको उक्त भेलामा एलमालेले नवयुगका ग्राहकलाई समेत निम्तो दिइसकेको थियो ।
एमालेको प्रचार विभागका सदस्य अरविन्द सिंहले राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएकाले वीरगन्जको कार्यक्रम स्थगित भएको बताइन् । स्रोतले भने मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको दाबी गरकेो छ । तो खवर हामीले आजको अन्नपूर्णबाट लिएका हौँ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी