×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सल्लेरीमा आगलागी हुदा १ करोड भन्दा बढीको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सल्लेरीमा आगलागी हुदा १ करोड भन्दा बढीको क्षति

२४ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – सल्लेरीस्थित कारागार नजिकै बिहीबार अपरान्ह आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।  करिब ४ बजे सुरु भएको आगलागी करिब दुई घन्टापछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।
 विराज तामाङको घरको भान्छाबाट सुरु भएको आगोले सँगै जोडिएका चन्द्रकला राई र शरण राईको घर पनि जलेर नष्ट भएको छ।  चन्द्रकलाको घरमा रहेको मीनाक्षी होटल र विराजको घरमा रहेको एउटा किराना पसलसहित अन्य सबै धनमाल जलेर नष्ट हुँदा एक करोड ३७ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ। 
आगो फैलन नदिन सँगै रहेको यामकुमारी राईको घर भत्काइएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी