- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको वार्षिक साधारणसभा चैत २० गते हुने भएको छ । कम्पनीको सभा होटल सांग्रिला भिलेज, पोखरामा बिहान ११ बजे हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ । यस्तै सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
सभाका लागि कम्पनीले चैत ६ गते बुक क्लोज गर्दैछ । चैत ५ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा सहभागी हुन पाउनेछन् ।