
- अर्थ सरोकार संम्वाददाता
नेकपा – एमालेका उप–महासचिव विष्णु प्रसाद पौडेलले वर्तमान स्थितिमा देखिएको उत्पन्न जटिलताको अन्त्य गर्न र सरकारले आफूलाई सुरक्षित राख्नको लागि संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाको दिनमा सफत खाएको कुरालाई बिर्सेको आरोप लगाउँदै भने,‘उहाँले भन्नु भएको थियो, म संविधानको कार्यन्वयन र रक्षा गर्छु तर प्रधानमन्त्री बनेको पछिल्ले दिन देखि संविधान संशोधन गर्न तर्फ अग्रसर हुनुभयो, सात दशक देखिको नेपाली जनताको चाहाना, भावना र अथक प्रयासले ल्याएको संविधानलाई धरापमा पार्न खोज्नु कसैको लागि राम्रो हुँदैन, प्रधानमन्त्री प्रचण्डले आफै यो प्रस्ताव ल्याएका छन्, जनताले उहालाई कदापि माफ दिने छैनन्, यो प्रस्ताव मतदानमा लिएर गएको खण्डमा प्रस्ताप असफल हुने देश मुडभेटमा जान्छ ।’
नेता पौडेलले अघि थपे,‘अधिकाशं सांसदहरुको असहमतिका बिचमा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउनु भनेको असफल सावित हुनु हो, संविधानको कार्यन्वयन नै अहिलेको मुख्य आवश्यकता हो, वुटवलमा पाँच नं। प्रदेशलाई अखण्ड राख्नुको लागि लाखौ मानिस सडकमा आएका छन्, यदि सरकार जनताको हो भने समयमै संविधान प्रस्ताव फिर्ता लिएर देशमा उत्पन्न स्तिथिको अन्त्य गर्न तर्फ लागोस्, पाँच नं। प्रदेशका जनताको भावनालाई लत्याएर यो प्रस्ताव अघि बढाईयो भने एमालले संसदमा कडा प्रतिवाद गर्नेछ, यो प्रस्ताव पारित हुन नदिनको लागि एमाले जुनसुकै कदम चाल्न तयार छ ।’
पौडेले भने,‘ संविधान संशोधन अहिले आवश्यक छैन् कार्यन्वमा जानुको विकल्प छैन् एमाले चुनावको लागि तयार छ, सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरोस्, २०७४ माघ ७ गते भित्र तिन तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक जटिलतालाई सरकार र राजनीतिक दलहरूले मध्यनजर गर्नु पर्ने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्