Skip to content

राप्रपाको एकता र ले गराएको भन्ने शब्दले संसदमा हंगामा

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – आइतबार संसद बैठक सुरु हुने बित्तिकै नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगर सिटबाट उठिन् । सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरोधमा उत्रिएका प्रतिपक्षी दलहरुले पालैसँग बोलेर संसद बैठक अवरोध हुँदै आएकोमा आज नेपाल मजदुर किसान पार्टीकी सांसद थापामगर बोलेकी थिइन्। 
उनले नेपालको भौगोलिक अखण्डता सार्वभौमसत्ता कुण्ठित हुने गरी संविधान संशोधन गर्न संविधानले नै बन्देज लगाएकाले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताइन्। उनले भारतको निर्देशनमा संविधान संशोधन विधेयक ल्याउन लागिएको आरोप लगाइन्। सांसद थापामगरले भारतीय गुप्तचर संस्था र का पूर्व प्रमुख आलोक जोशी १५ दिनदेखि नेपालमा बसेको र संविधान संशोधन प्रस्तावमा मधेसी दलहरुलाई सहमत गराउने र राप्रपाको एकीकरण गर्नेसम्मको काम गरेको आरोप लगाइन्। 
र का पूर्व प्रमुख १५ दिनदेखि काठमाडौंमा बसेर राप्रपा एकीकरण गराउनेदेखि मधेसवादी दलहरुलाई संविधान संशोशनमा सहमत गराउनेसम्मको काम गरिरहेका छन्ु उनले संसद बैठकमा भनिन् ु उनलाई तुरुन्त फिर्ता पठाइयोस्।ु सांसद थापाको भनाईप्रति नियमापत्ती गर्दै राप्रपाका सांसद सुशीलकुमार श्रेष्ठले आफ्नो दललाई अनावश्यक आरोप लगाइएकाले फिर्ता लिन आग्रह गरे। त्यसको जवाफमा सांसद थापामगरले यो आरोप आफूले लगाएको नभई एक अनलाइनमा प्रकाशित समाचार उल्लेख गरेको बताइन्। 
तर राप्रपाका सांसदहरु आफ्नो ठाउँबाट उठेर विरोध प्रदर्शन गरेपछि सभामुख ओनसरी घर्तीले थापाको भनाई सम्पादन गर्न संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिइन्। त्यसपछि थापाले आफ्नो भनाई अगाडि बढाएकी थिइन्। थापाले मधेस केन्द्रित दलहरुले भारतीय दूतावासमा लन्च मिटिङ गरेको र भारतीय राजदूतले संविधान संशोधनमा सहमति जनाउन आग्रह गरेको आरोप लगाइन्। उनले नेपालको आन्तरिक मामिलामा विदेशीलाई गुहार्ने नेताहरुलाई पनि कारबाही गर्न माग गरिन्। 
तराईमा अलग प्रदेश बनाएर पछि भारतमा मिसाउने योजना अनुसार संविधान संशोधन प्रस्ताव आएको थापामगरले आरोप लगाइन्। उनले भारतले सिक्किम आफूमा मिलाउँदा जस्तै नेपालका नेतालाई लेण्डुप दोर्जे बनाउन खोजेको दावी गरिन्।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्