×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड र वैद्य माओवादी कार्यकर्ताको भिडन्तले घरबेटी श्रेष्ठ ‘इन्तु न चिन्तु’

LAXMI SUNRISE BANK

प्रचण्ड र वैद्य माओवादी कार्यकर्ताको भिडन्तले घरबेटी श्रेष्ठ ‘इन्तु न चिन्तु’

१९ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय कस्ले लिने भन्ने विवादले उग्र रुप लिएको छ । दुवै समूहबीच हानाथाप बढेसँगै अहिले यस विषयले कार्यकर्ताबीचमा रणाको मच्चिने संकेत गएको छ ।
कुपण्डोलको रहेको वैकुण्ठ–चेत स्मृति सांस्कृतिक कक्षको प्रयोग गर्ने विषयमा साता दिनअघि मात्र दाहाल पक्षधर कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाएसँगै वैद्य निकटका कार्यकर्ताले आफ्नो बोर्ड झुन्ड्याए । अहिले उक्त पार्टी कार्यलयमा दुवै समूहको बोर्ड झुन्डिएको छ ।
यता,माओवादी केन्द्रनिकट मगर मुक्ति मोर्चाका संयोजक नारायण सुसुलिङ मगरले आफूहरुलाई कार्यलयबाट हटाउने वैद्य पक्षधरको कुनै अधिकार नरहेका बताउँदै आफूहरुले जसरी भएपनि यो कार्यलयमा बस्न पाउनुपर्ने अडान थापेका छन् ।
उता, वैद्यनिकटका कार्यकर्ताहरुले पनि आफूहरुले जसरीभएपनि उक्त कार्यलयमा बस्न पाउनुपर्ने माग राख्दै आएका छन् । यसरी दुवै समूहबीच किचलो सिर्जना हुँदा कार्यलयका घरबेटी राधेश्याम श्रेष्ठ इन्तु न चिन्तु भएका छन् ।
‘१० वर्ष भैंसक्यो अहिलेसम्म भाडा पाएको छ्रैंन,’ श्रेष्ठले भने ‘बिजुली, पानी र ढल व्यवस्था अस्तव्यस्त छ ।’ अब के गर्ने ।
अहिले दुवै समूहका कार्यकर्ताले आ–आफ्नो होर्डिङ बोर्ड झुन्ड्याउँदै आएका छन् ।एस काठमाण्डौ बाट साभार गरिएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी