Skip to content
LAXMI SUNRISE BANK

डा . केसीले आज अनशन तोड्ने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – २२ दिन देखि अनसनरत डाक्टर गोविन्द केसीले आइतबार अनसन तोड्ने तयारी गरेका छन्। आइतबार बिहान सरकारी टोली र डा केसीबीच सहमतिपत्रमा हस्ताक्षर तथा नयाँ डीन जगदीशप्रसाद अग्रवालले नियुक्त पत्र पाएपछि अनशन तोड्ने तयारी भइरहेको छ। 
डाकेसीको माग अनुरुप नै सरकारले डीन नियुक्त गरेपनि नयाँ डिनलाई नियुक्ति पत्र नथमाइएको र सरकारी टोली हस्ताक्षरका लागि अनशनस्थल नपुगेका कारण अनशन तोड्ने काम हुन सकेको छैन। 
 सरकारले नियुक्त गरेका चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन तीर्थ खनियाँले राजीनामा दिनुपर्ने, वरिष्ठता र योग्यताका आधारमा डीन नियुक्त गर्नुपर्ने लगायतका विभिन्न माग राखेर गत २२ दिनदेखि अनशनरत केसीले सहमति पत्रमा हस्ताक्षर भएपछि मात्र अनशन तोड्ने उनका सहयोगीले जनाएका छन्। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK