×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२३ जनाको करोडौं रकम ठगी गरेर अमेरिका जान लागेका पोखरेल पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२३ जनाको करोडौं रकम ठगी गरेर अमेरिका जान लागेका पोखरेल पक्राउ

१७ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – वैदेशिक रोजगारमा पठाउने भन्दै करोडौं रुपैया ठगी गरेर अमेरिका जान तयार रहेका ईश्वरीप्रसाद पोखरेल बिहीबार राजधानीको कमलपोरीबाट पक्राउमा परेका छन् ।
इजरायल र कोरिया पठाउने भन्दै उनले एक करोड ५ लाख रुपैंया ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ । उनले २३ जनासँग १ करोड ५ लाख रकम लिएर अमेरिका भाग्ने तयारीमा थिए ।
प्रहरीका अनुसार प्युठानका पोखरेलले सन्दीप दर्नाल, भीमबहादुर दर्जी, शान्ति राई, समेत २३ जनालाई इजरायल पठाउने भन्दै रकम लिएर फरार रहेका भएका थिए । सुदिपराज पन्तलाई कोरिया पठाउने भन्दै ३ लाख, रोजन लामालाई राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै २ लाख ५० हजार लिएर ठगी गरेका थिए ।
अहिले,उनीविरुद्ध जिल्ला अदालत बाँकेमा समेत ठगी मुद्दा चलिरहेको छ । उनले बैंकिङ प्रयोजनका लागि ग्रिनसिटी, कृषि फर्म र बाख्रा प्रशोधन केन्द्र दर्ता गरी विभिन्न बैंक, वित्तीय संस्था र ब्यक्तिसँग पैसा लिएर ठगेको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएकोछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी