×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुनको थाल बोकेर कहिले सम्म रोग,भोक र अभावमा बाँचिरहने ?’-बाबुराम

LAXMI SUNRISE BANK

‘सुनको थाल बोकेर कहिले सम्म रोग,भोक र अभावमा बाँचिरहने ?’-बाबुराम

१७ मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल साधन स्रोत र जनशक्तिमा धनी भएर पनि गरिबीमा बाँचिरहनु परेको बताएका छन् ।
एउटा अनलाइनको शुक्रबार काठमाडौंमा सुभारम्भ गर्दै उनले प्रश्न गरे, ‘यसरी सुनको थाल बोकेर कति समयसम्म रोग, भोक र अभावमा बाँचिरहने ?’ उनले नेपालीले राजनीतिक परिवर्तनका लागि धेरै समय खर्च गरिसकेका बताउँदै अब सम्पूर्ण ध्यान विकास र समृद्धिको लागि लगाउनुपर्ने बताए ।
‘ढिलै भएपनि मुलुकमा केही अपूर्णतासहित महत्वपूर्ण राजनीतिक परिवर्तन भएको छ,’ उनले भने, ‘संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी नेतृत्व र अन्य केही अपूर्णताहरु छिटो सम्बोधन गरेर हामीले हाम्रो सम्पूर्ण क्षमता विकास र समृद्धिमा केन्द्रित गर्नुपर्नेछ । कछुवा घस्रिएजस्तो गतिले हामीलाई पुग्नेवाला छैन । हामी तीव्ररुपमा दौडनुपर्ने छ ।’
‘यहाँ विद्यमान मर्यादाक्रमहरुको भयंकर पर्खालहरु जसले नयाँ र सक्षम पुस्तालाई नेतृत्वमा जानबाट रोकिरहेको छ, त्यसलाई भत्काउनुपर्छ र तीन करोड नेपालीहरु सबैले आफ्नो प्रतिभा र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन सक्ने पद्धितको विकास गर्नुपर्छ,’ उनले भने, ‘हिजो राजनीतिक परिवर्तनको बेला व्यवस्था फेर्न हरेक सचेत नेपालीभित्रको वीरता जाग्नुपर्दथ्यो, अब हरेक नेपालीभित्रको उद्यमशीलता र इन्नोभेसन जगाउनुपर्छ । के त्यस्तो राजनीति अब हामीले गर्न सक्छौं ?’
‘नेपालमा नकरात्मकताको पछि लागेर निराशाको व्यापार गर्दै हाम्रो ऊर्जाशील समय बर्बाद गर्नुभन्दा हाम्रै समाजमा सफलताका नयाँ अध्यायहरु सुरु गरेकाहरुको सफलताको कथा सुन्ने र सुनाउने नयाँ संस्कारको सुरुवात गर्न सक्छौं ?’ उनले प्रश्न गरे ।
‘अब ठूला र सानाको मर्यादाक्रम भत्काउँदै हरेक नागरिक प्रवुद्ध वर्ग बन्नुपर्छ, हरेकले आफ्नो ठाउँबाट सकरात्मकरुपमा मुलुकको विकासको लागि भूमिका खेल्नुपर्छ,’ उनले भने, हाम्रो विकास र समृद्धि सम्भव बनाउने कुनै भगवान छन् भने ती हामी नागरिक हौं, आफूलाई चिनौं, देशलाई चिनौं र विकास र समृद्धिको रुमानी यात्रा सुरु गरौं ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी