Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर मोरङको सुन्दरहरैचा नगरपालिकास्थित करदाता सेवा कार्यालय परिसरमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
मोरङ । सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिकास्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाले गरेका हुन् ।
उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ बिराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय बिराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग बिभागका प्रमुख भोला बहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्वन्धित करहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK