काठमाडौं । पैसावाल र शक्तिकेन्द्रको वरिपरि नै रहेका व्यक्तिले कानुनको खिल्लि उडाउने गरेको तथ्य सावित गर्दै गैर आवासीय नेपाली संघका पूर्वाध्यक्ष उपेन्द्र महतोले आफ्नो श्रीमतिको नाममा गैरकानुनी धन्दा सुरु गरेका छन् ।
नेपालको सवैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर पव्लिकेसन्स्का मालिक कैलाश सिरोहियासँग समेत उठबस रहेका महतोले श्रीमति समता प्रसादका नाममा आयुर्वेद उद्योगको गैरकानुनी काम गरिरहेको खुलेको छ । सेवामुलक संस्थाको नाममा महतो श्रीमति समताका नाममा दर्ता रहेको उद्योगले नाफामुलक काममा हात हालेको छ ।
त्यसको तथ्य महतोले भारतीय योग गुरु रामदेवलाई नेपाल भित्राएर लगानी भएको अवगत गराउने क्रममा खुलेको हो । रामदेवले नेपाली १० हजार युवालाई रोजगारी दिने गरी पतञ्जली उद्योग नेपालमा खोल्न लागेको जानकारी दिएका थिए । अहिलेसम्म डेढ अर्ब लगानी भइसकेको जनाइएको उक्त उद्योगमा महतोको पैसा लगानी छ । पतञ्जलीले नेपालमा अरबौंको व्यापार अहिले पनि गरिरहेको छ । अब खुल्न लागेको उद्योग त झन कानुन विपरित रहेको खुलेको हो ।
लगानी गर्नुअगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति लिनुपर्ने भए पनि त्यो नलिई आर्थिक कारोबार गरेका छन् । अनधिकृत रुपमा सञ्चालन हुन लागेको उक्त उद्योगको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका थिए ।
भारतीय सत्तामा सिधा सम्बन्ध रहेका रामदेव भारतीय जनता पार्टीका लागि चुनावका बेला खटिएका थिए । भारतीय संस्थापनसँग सम्बन्ध बढाउनका लागि सरकारले पनि रामदेवको उद्योगको बारेमा मौनता देखाएको हो, जहाँ महतोको गैरकानुनी लगानी व्यापक रहेको छ । ‘महतोले यस्ता धेरै चिजमा लगानी गरेका छन्, उनको शक्तिकेन्द्रमा पहुँच भएका कारणले नै सामाजिक सेवाका नाममा नाफामुलक संस्था चलाइरहेका छन्’, स्रोतले भन्यो । महतोको कान्तिपुर टेलिभिजनमा पनि लगानी रहेको थियो । उनले सिरोहियासँग पनि आर्थिक सम्बन्ध रहेको बताइन्छ ।
उद्योग विभागका अनुसार रामदेवले कुनै पनि उद्योगमा लगानी गर्ने अनुमति नै लिएका छैनन् । २०७१ भदौ २४ गते समताको नाममा शतप्रतिशत स्वदेशी लगानी रहने गरी उक्त कम्पनी उद्योग विभागमा दर्ता भएको थियो । रामदेवले भने उक्त कम्पनीमार्फत आफूले नेपालमा लगानी थालिसकेको दाबी गर्दै लगानी रकम ५ अर्ब पु¥याउने घोषणा गरेका थिए । पतञ्जली नेपालले सरकारलाई कर तिरेको प्रमाणहरु पनि अहिलेसम्म फेला परेको छैन । ‘खासगरी लगानीमा नै विवाद देखिएका कारण करको कुरा पनि ओझेलमा परेको छ’, स्रोतले भन्यो,‘अझ लगानी भित्राउने कुरा आइरहेको छ, यो कानुनसम्मत अहिलेसम्म देखिएको छैन ।’
त्यसो त नेपालका शक्तिकेन्द्रलाई रामदेवले फनफनी घुमाएका छन् । महतो रामदेवलाई स्वागत गर्नका लागि विमानस्थलसम्म पुगेका थिए । महतोको सिफारिसमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म रामदेवको कार्यक्रममा पुगेका हुन् । त्यसो त रामदेवले चलाएको शिविरमा नेपालमा नेताहरु झलनाथ खनालदेखि उपेन्द्र यादवसम्म पनि लुरुलुरु पुगेका छन् । नेपालमा भारतीय कम्पनीहरुको लगानीमा सरकारले पनि वैधानिकताको ख्याल गरेको छैन । भारतीय कम्पनीसँग मिलेर नेपालका शक्तिकेन्द्रमा रहेका व्यक्तिहरुले निरन्तर राज्यलाई लुटिरहेका छन् ।

‘विदेशी नागरिकले नेपालमा कुनै उद्योग खोल्नुपूर्व उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड वा प्रधानमन्त्रीले लगानी गर्ने लगानी बोर्डबाट लगानी रकम स्वीकृत गराउनुपर्छ रामदेवले अहिलेसम्म यी दुवै निकायबाट लगानी स्वीकृत गराएका छैनन् ।
त्यसो त नेपालमा रहेका जडिबुटीदेखि आयुर्वेदिक औषधीको खानीलाई भारतसम्म विस्तारका लागि रामदेवको यो लगानीको कुरा आएको उच्च अधिकारीहरुले बताएका छन् । नेपाल सरकारले लगानी गर्नुपर्ने ठाउँमा भारतका आमुख व्यक्ति र उनको कम्पनीको नाममा लगानीका कुरा खुलेआम भएका छन् । त्यसमा नेपालमा रहेका भेट्रान गैर आवासीय नेपाली संलग्नता देखिनु उचित नभएको ति अधिकारीले बताए ।
रामदेवको हरेक कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेताहरू र सरकारका उच्च अधिकारीहरू सहभागी हुने गरेकाले उनको गतिविधिमा सरकारी कर्मचारीले प्रश्न गर्न सकेका छैनन् । कुनै विदेशीले कम्पनी वा उद्योग खोल्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा पछिल्लो समय लगानी बोर्ड ऐन २०६८ को व्यवस्थाअनुसार लगानीको अनुमति लिनुपर्ने कानुनी प्रावधान भएपनि यसको नजरअन्दाज गरिएको छ । जनप्रहार साप्ताहिकमा खबर छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्