×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो पो रहेछ प्रचण्ड रामदेवको शिविर पुग्नुको रहस्य !

LAXMI SUNRISE BANK

यस्तो पो रहेछ प्रचण्ड रामदेवको शिविर पुग्नुको रहस्य !

१३ मंसिर २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – विवादास्पद भारतीय योग गुरु रामदेवले वीरगञ्जमा सञ्चालन गरेको योग शिविरमा सहभागी भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता आइतबार दिनभर नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध खनिए ।
मुलुकको कार्यकारी प्रमुखजस्तो व्यक्ति भारतीय योगीको कार्यक्रममा गएको भन्दै प्रधानमन्त्रीको विरोध भयो । त्यसो त रामदेवको शिविरको उदघाटन नै राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् ।
साताव्यापी शिविरका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता झलनाथ खनालका साथै मधेस केन्द्रित दलका अधिकांश शीष्र्न नेता रामदेवको आशिर्वाद थाप्न वीरगन्ज पुगे । अरु जाँदा भन्दा प्रचण्ड जाँदा बढी विरोध भयो ।  प्रचण्डको सचिवालयले केही दिनअघि नै रामदेवको कार्यक्रममा निम्ता आए पनि कार्यव्यस्तताका कारण जान नसक्ने बताउँदै सञ्चार माध्यममा समाचार दिएको थियो ।
प्रचण्ड सचिवालयले मिडियाबाजी गरेपछि रामदेव आफैंले उनलाई टेलिफोन गरेर आउन आग्रह गरेका हुन् । स्रोतका अनुसार रामदेवले एक घण्टाका लागि भए पनि कार्यक्रममा आइदिन आग्रह गरेका थिए । ‘एक घण्टाका लागि भए पनि तपाईं आइदिनुप¥यो भनेपछि प्रधानमन्त्री जानुभएको हो’, उनीनिकट स्रोतले भन्यो । प्रचण्ड आइतबार मन्त्रिपरिषदकै बैठक नै छोट्याएर योग शिविर सञ्चालन भएको स्थानमा पुगेका थिए ।
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी