×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विरामी श्रीमतीको कुरुवा बसेका पत्रकार कर्ण बोहोराको निधन

PRIME CA

विरामी श्रीमतीको कुरुवा बसेका पत्रकार कर्ण बोहोराको निधन

अर्थ सरोकार

१० मंसिर २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • काठमाडौं, १० मंसिर ।

सुदूरपश्चिमका चर्चित पत्रकार कर्ण बोहराको ३६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
विगत एक वर्षदेखि राजधानीको भेनस इन्टरनेशनल हस्पिटलमा श्रीमतीको उपचार गराउँदै आएका बोहरा शुक्रबार दिउँसो अस्पतालको बेडमा मृत अवस्थामा फेला परेका हुन् ।
अस्पताल पुगेका पत्रकार दीपक ओलीका अनुसार श्रीमतीको कुरुवा रहेका बोहरा शुक्रबार दिउँसो १ बजे श्रीमतीको बेडनजिकैको अर्काे बेडमा सुतेका थिए र तीन बजे डाक्टर पुग्दा मृत भेटिएका थिए । बोहराको निधनको कारण खुल्न सकेको छैन् ।
बोहराको घरबाट आफन्त आएपछि शनिबार दाहसंस्कार गरिने पत्रकार ओलीले बताए । उनका अनुसार बोहराको निधनपछि उनकी श्रीमतीको अवस्था चिन्ताजनक छ । उनलाई आइसियुमा भर्ना गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष समेत रहेका बोहरा करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । बझाङको स्याडी गाविस घर भएका बोहरा लामो समयदेखि कञ्चनपुरमा बसेर पत्रकारिता गर्दै आएका थिए ।
पत्रकार बोहराको निधनपछि सुदूरपश्चिमका पत्रकार, उद्योगी, व्यापारी तथा राजनीतिज्ञले गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा पत्रकार बोहराप्रति सबैले समवेदना व्यक्त गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: