Skip to content

सुनको मूल्य घट्यो

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता

काठमाण्डौ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ  । बिहिबार  प्रति तोला ५४ हजार  ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार तोलामा ४  सयले घटेर प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छ । 
त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ९  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी भने स्थिर रहदै प्रति तोला ७  सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।  
नेपाल सुनचांदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६  हजार ४    सय ७०   रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६  हजार २   सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ६४ रुपैयाँ ५०  कायम गरिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्