×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेसी मोर्चाको माग पुरा गर्न प्रधानमन्त्री सहमत

LAXMI SUNRISE BANK

मधेसी मोर्चाको माग पुरा गर्न प्रधानमन्त्री सहमत

२९ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाको आग्रह बमोजिम आगामी १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गरिने बताएका छन् ।
सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको स्मरणपत्र बुझ्दै प्रधानमन्त्रीले मोर्चाको स्मरणपत्रलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै जायज माग पूरा गर्न आवश्यक पहलकदमी लिइरहेको जानकारी दिए । मधेसी, जनजाति, थारु, दलित, खस लगायतकाको साझा गठबन्धनको तर्फबाट प्रधानमन्त्रीलाई प्रस्तुत गरिएको स्मरणपत्रमा आगामी १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गर्न माग गरिएको छ ।
सो अवसरमा मोर्चाका तर्फबाट उपेन्द्र यादवसहितका नेताहरुले संशोधन प्रस्ताव दर्ता गरेपछिमात्रै संसदमा रहेका दलहरुसँग सहमतिको प्रयास थाल्न आग्रह गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी