×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कनकाई विकास बैङ्कको खुद मुनाफा ८४ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कनकाई विकास बैङ्कको खुद मुनाफा ८४ प्रतिशतले बढ्यो

२७ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – कनकाई विकास बैङ्क लिमिटेडको चालू आवको पहिलो त्रैमासमा खुद मुनाफा रू। ८९ लाख पुगेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ८४ दशमलव ८४ प्रतिशत बढी हो । बैङ्कको सञ्चालन नाफा, कर्जा तथा सापटी र खुद ब्याज आम्दानी बढ्नाले खुद मुनाफा बढ्नमा टेवा पुगेको हो ।
बैङ्कको गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा सञ्चालन नाफा ७८ दशमलव ९८ प्रतिशतले बढेर रू। १ करोड ३५ लाख पुगेको छ । त्यसैगरी, कर्जा तथा सापटी २७ दशमलव ५८ प्रतिशतले बढेर रू। १ अर्ब ८ करोड पुगेको छ र बैङ्कको जगेडा कोष २२ दशमलव ५६ प्रतिशत बढेर रू। ५ करोड ८३ लाख पुगेको छ ।
गत आवमा रहेको ४ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।   बैङ्कले खुद ब्याज आम्दानी रू। ३ करोड ८२ लाख कमाउन सफल भएको छ । बैङ्कको समिक्षा अवधिमा निष्कृय कर्जा शुन्य दशमलव ९५ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी