×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातामा सुन १३ सयले ओरालो , चाँदी १५ भने बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सातामा सुन १३ सयले ओरालो , चाँदी १५ भने बढ्यो

२७ कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – गत साता स्थानीय बजारमा सुनको भाउ रू १३ सयले घटेको छ । सातामा सुनको भाउसँगै डलरमा पनि न्यून कमी देखा परेको छ । आइतवार रू ५७ हजार ७ सयमा किनबेच भएको सुन स्थानीय वस्तु बजारको अन्तिम दिन शुक्रवार बढेर रू ५६ हजार ४ सयमा किनबेच भएको हो ।
 साताको अन्तिम दिनमा सुन प्रतिऔंस १ हजार २ सय ५३ दशमलव ७५ डलरमा किनबेच भएको छ । त्यस्तै, डलरसँग नेपाली मुद्राको विनिमयदर प्रति अमेरिकी डलर १ सय ६ रूपैयाँ ६९ पैसा रहेको छ । यो साता चाँदीको भाउ  १५ रुपैयाँले बढेको हो ।
सोमवार सुनको मूल्यमा रू ४ सयको कमी  देखिएको छ । मङ्गलवार मूल्य पूनः रू ४ सयले घटेर रू ५६ हजार ९ सयमा किनबेच भएको थियो । 
बुधवार भने सुन रू १३ सयले बढ्यो । बिहीवार भाउ रू.१४ सयले सस्तिएर रू .५६ हजार ८ सय पुगेको थियो । शुक्रवार सुनको मूल्य रू. ४ सयले बढेर रू। ५६ हजार ४ सयमा किनबेच भएको हो । आइतवार रू. ८ सय ३० मा कारोबार भएको चाँदी शुक्रवार बढेर रू। ८ सय ४५ मा किनबेच भएको थियो ।
गत हप्ताको सुन चाँदीको मूल्य प्रतितोलामा
वार                सुन         चाँदी
आइतवार     ५७७००        ८३०
सोमवार       ५७३००        ८२५
मङ्गलवार   ५६९००        ८२५
बुधवार       ५८२००         ८४५
बिहीवार     ५६८००         ८३५
शुक्रवार      ५६४००         ८४५
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी