- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १२ हजार ४१५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले आज शुक्रबारदेखि उक्त कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यस लिलामीमा सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३६८ कित्ता सेयर छ । लिलामी भर्ने अन्तिम म्याद चैत १३ गतेसम्म तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यस लिलामी सेयरमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपागञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, बिरेन्द्रनगर र बर्दिबासबाट आवेदन दिन सकिनेछ ।