Skip to content
LAXMI SUNRISE BANK

एसबिआई बैंकले कमायो ३५ करोड नाफा,

अर्थ सरोकार

  • अर्थ सरोअकार सम्बाददाता 

काठमाडौँ – नेपाल एसबिआई बैंकले चालु आर्थक बर्षको पहिलो क्वार्टरमा ३५ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।बैंकले अघिल्लो बर्षको सोहि अवधिको तुलनामा पाँच करोड ३९ लाख रुपैयाँले नाफा बृद्धि गरेको हो ।
यस अघि नै नगन्य रहेको खराव कर्जालाई बैंकले झनै न्युन बिन्दुमा झारेको छ । खराव कर्जा ०१८ प्रतिशतबाट ०।११ प्रतिशतले झारेको हो । बैंकको खुद ब्याज आम्दानी ५६ करोड ६९ लाख रुपैयाँबाट बढेर ६९ करोड २८ लाख रुपैयाँमा पुगेको छ ।
यस्तै लक्ष्मी बैंकको नाफा १० करोड १० लाख रुपैयाँबाट बढेर १३ करोड ५८ लाख रुपैयाँ पुगेको छ। बैंकले निक्षेप ११ अर्बले बढाएर ४८ अर्ब ६० करोड रुपैयाँ पुर्याँएको छ भने कर्जा त्यहि परिमाणले बृद्धि गरि ४४ अर्ब रुपैयाँ पुर्याडएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK