×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछा महोत्सव मङ्सिर ९ गतेदेखी काठमाण्डौमा सुरु हुदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछा महोत्सव मङ्सिर ९ गतेदेखी काठमाण्डौमा सुरु हुदै

२४ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – राजधानीमा पाँचदिने माछा महोत्सव तथा परिकार प्रतियोगिता हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घले भृकुटीमण्डपमा सो महोत्सव आयोजना गर्ने भएको हो ।
सङ्घले आगामी मङ्सिर ९ गतेदेखि तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिताको आयोजना गरेको हो ।स्वदेशी माछाको बजार प्रवद्र्धन गर्न सङ्घले महोत्सवको आयोजना गरेको बताएको छ । सङ्घका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीका अनुसार महोत्सवमा माछा, माछाको दाना, औषधि, औजार र उपकरणका गरी ६० ओटा स्टल रहने छन् ।
महोत्सवमा होटल रेष्टुराँका माछाको परिकार, पहाडी र हिमाली क्षेत्रका माछाको परिकार, आदिवासी, जनजातिका माछाको परिकारको स्टल राख्ने व्यवस्था गरिएको छ । यसैगरी उक्त महोत्सवमा माछा पकाउने विधि, माछापालन गर्ने प्रविधिसम्बन्धी जानकारी पनि गराइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी