×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्षमता हुँदाहुँदै पनि नेपालले किन आयत गर्छ मलेसियाबाट करोडौँ मूल्यको काठ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

क्षमता हुँदाहुँदै पनि नेपालले किन आयत गर्छ मलेसियाबाट करोडौँ मूल्यको काठ

२३ कार्तिक २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – वनजंगलको धनी देशको रुपमा नेपाललाई चिनिएपनि पछिल्लो पटक मलेसियाबाट करोडौंको काठ नेपाल भित्रिरहेको छ। विराटनगर–जोगवनी भन्सार नाकाबाट मात्रै वार्षिक ४० करोड मूल्य बराबरको काठ नेपाल भित्रिरहेको जिल्ला वन कार्यालयले जनाएको छ। वन कार्यालयका प्रमुख दीपक ज्ञावालीका अनुसार यसबाहेक वीरगंज नाकाबाट झण्डै २ अर्ब मूल्य बराबरको मलेसियन काठ नेपाल भित्रिरहेको छ। 
‘नेपालमा काठ नभएर होइन,’ ज्ञावालीले भने, नेपालमा वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम कार्यान्वयन नभएर हो । उनका अनुसार नेपालमा सही ढंगले वन व्यवस्थापनको कार्यक्रम लागू गर्ने हो भने त्यो भन्दा बढी काठ नेपालले अन्य देशलाई निर्यात गर्न सक्छ । 
नेपालका प्रत्येक वनलाई १ सय वर्षको योजना बनाएर वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने हो भने वनको सुरक्षा पनि हुन्छ र कहिल्यै काठ अभाव पनि हुँदैन,’ ज्ञावालीको भनाइ छ, ‘वन क्षेत्रका खाली जग्गा र उत्पादनमूलक क्षेत्रमा नयाँ विरुवा लगाउने र बुढा रुख निकाल्दै विरुवा रोप्दै गर्ने हो भने नेपालको भविश्य वन क्षेत्रले नै उज्ज्वल बनाउँछ।
 नेपालमा विरुवा रोप्ने र जंगलको स्याहार गर्ने चलन पनि हराउँदै गएको ज्ञावालीको भनाइ छ। भविश्यमा पनि काठको उपलब्धता हुने ग्यारेन्टी गर्नका लागि फरक–फरक उमेरका विरुवा फरक–फरक ठाउँमा लगाउनु पर्छ,’ उनले भने, ‘त्यसै अनुसार वनको स्याहार गर्ने र विरुवा रोप्ने चलनको विकास गराउनु जरुरी छ।
 २८ हेक्टर क्षेत्रफलका बुढा रुख काटिए पछी 
वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएसँगै मोरङ जिल्लाका विभिन्न २० सामुदायिक वनको २८ दशमवल ६४ हेक्टर क्षेत्रका बुढा रुख काटिएको छ। जसबाट ति सामुदायिक वनहरुले लाखौं आम्दानी गरेका छन् ।
उक्त क्षेत्रफलबाट ३१ हजार क्युफिट सालका काठ, ४५ हजार क्युफिट अन्य काठका साथै २ सय क्युफिट दाउरा सामुदायिक वनले विक्री गरेको जिल्ला वन कार्यालयको तथ्यांक छ । उक्त काठबाट गत आर्थिक वर्षमा ति सामुदायिक वनले ४ करोड भन्दा बढी आम्दानी गरेका छन् ।
 जिल्ला वन कार्यालय मोरङले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत अहिले पनि ती सामुदायिक वनमा काठ काट्ने र विरुवा लगाउने कार्यलाई निरन्तरता दिइरहेको छ। वैज्ञानिक वन व्यवस्थापनमा आधारित कार्यान्वयन भएका सामुदायिक वनहरुमा सुन्दर वन पथरी, सुकुना वन कोशी हरैंचा, सदावहार वन जाँते, बसन्त हरियाली वन जाँते, नमूना वन लेटाङ, जनसेवा वन लेटाङ दीप ज्योति वन केराबारी आहाले वन केराबारी, सिद्धार्थ वन सुन्दर दुलारी, नमूना वन सुन्दर दुलारी छन्। 
यस्तै हरियाली वन सुन्दर दुलारी, एकता वन केराबारी, बागदेवी वन बेलबारी, रमिते वन बेलबारी, हजारविघा वन केराबारी, डाँसमोरङ्गी वन पथरी शनिश्चरे, हिमचुली वन केराबारी, देवीझोडा वन केराबारी, आमजुंगी वन केराबारी र सिंहदेवी सामुदायिक वन केराबारी रहेका छन्। उल्लेखित सामुदायिक वन मध्ये १३ वटा सामुदायिक वनबाट आर्थिक वर्ष ०७२र०७३ मा २८ दशमलव ६४ हेक्टर क्षेत्रफलको रुख काटिएको जिल्ला वन कार्यालय मोरङका प्रमुख दीपक ज्ञावालीले बताए। 
  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी