×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूनर्निर्माणका लागि नेपाली सेनाद्वारा छ करोड सत्र लाख सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पूनर्निर्माणका लागि नेपाली सेनाद्वारा छ करोड सत्र लाख सहयोग

२२ कार्तिक २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाण्डौ – नेपाली सेनाले धरहरा पूनर्निर्माणका लागि छ करोड सत्र लाख तेह्र हजार सात सय त्रियासी रुपैयाँ पचपन्न पैसा रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री उक्त रकम बराबरको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्  ।
चेक बुझ्दै प्रधानमन्त्रीले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गर्दै धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको जानकारी दिए । प्रधानमन्त्रीले भने, हामी पूनर्निर्माणको चरणमा छौं । राज्यका सबै अंग मिलेर पूनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ । त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ । सरकार पनि धरहरा निर्माणको बिकल्पबारे गृहकार्य गरिरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी