×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको अन्तिम दिन नेप्से २२.६८ अङ्कले ओरालो लाग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साताको अन्तिम दिन नेप्से २२.६८ अङ्कले ओरालो लाग्यो

Artha Sarokar

२० कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२ ६८ अङ्कले घटेको छ । गतसाता ९ २७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५९ ७१ अङकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका २३ हजार ६२६ कारोबारबाट चार अर्ब १२ करोड ४० लाख १३ हजार बराबरका ४९ लाख ३३ हजार ५७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३० ०५ प्रतिशत बढी हो ।

गतसाता १४९ कम्पनीको कारोबार भएको थियो । जस अनुसार एक हजार ७१७८ कारोबारबाट तीन अर्ब एक करोड २८ लाख ५३ हजार बराबरका ३८ लाख ८८ हजार २०० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ २३ अङ्कले घटेर ३८१ १५ अङ्कमा आइपुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी