
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख ३ दलका नेताको बैठकमा संविधान संशोधन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमा छलफल भएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन र महाभियोग प्रस्तावका विषयमा कुराकानी भएको बताए ।
संविधान संशोधनका विषयमा कुरा भयो । आन्दोलनरत पक्षसँग कसरी वार्ता संवाद गर्ने भन्ने हिसाबमा कुरा भाको छ । माग कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो ।उनले थपे महाभियोग बारे पनि कुराकानी भयो । यस विषयमा हाम्रो पार्टीले संसदिय दललाई निर्णय गर्ने अधिकार दिएको जानकारी मैले बैठकमा गराए । उनले भने । देउवाले संविधान संशोधन नभएसम्म यसको कार्यान्वयन संभव नहुने तर्क बैठकमा राखेको बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन कसरी गर्ने भन्ने विषयमा छलफल जारी नै रहेको बताए । उनले भने, ४ विषयमा कुराकानी भयो । महाभियोग प्रस्ताव, संविधान संशोधन, संविधान कार्यान्यवन र निर्वाचन। संविधान संशोधनका विषयमा छलफल जारी नै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्