×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकमानसिंह कार्कीको यस्तो छ खतरनाक भित्री तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लोकमानसिंह कार्कीको यस्तो छ खतरनाक भित्री तयारी !

७ कार्तिक २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – यसबेला मुलुकभर अख्तियार प्रमुख लोकमानसिंह कार्की महाअभियोग प्रकरणबारे तातो बहस भैरहेको छ । एमाले र माओवादी सांसदहरुले दर्ता गरेको महाअभियोगको विषय सदनसम्म पुगिसकेको छ । नेपाली कांग्रेसले यसबारेमा आधिकारिक निर्णय बाहिर ल्याइनसकेपनि सभापति शेरबहादुर देउवाले भने कार्कीका विरुद्धमा परेको महाअभियोगको प्रस्ताव पास हुने संकेत दिइसकेका छन् । संसदले यस विषयमा आगामी मंगलबार छलफल गर्ने घोषणा गरेको छ ।
सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमै लोकमानलाई जोगाउन नसकिने बताएसँगै महाअभियोग प्रस्ताव संसदबाट पास हुने संकेत देखिएको छ । सिंगो मुलुकनै कार्कीविरुद्ध परेको महाअभियोगको विषयमा केन्द्रीत भइरहेको बेला सोही परिघटनासँग जोडिएका उनै कार्कीचाहि यसबेला के गरेर बसेका होलान् ? धेरैका लागि यो चासोको विषय हुनसक्छ ।
वास्तवमा नेकपा एमाले र माओवादीका सांसदहरुले महाअभियोगको प्रस्ताव दर्ता गराइरहँदा लोकमानसिंह विदेशमा थिए । सो घटना हुने वित्तिक्कै उनी नेपाल फर्के । नेपाल फर्किनासाथ उनले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि उनको पहुँचमा रहेका सबै तहका नेताहरुसँग महाअभियोगबाट बचाउन उनले आन्तारिक कसरत गरिरहे । केहीदिनसम्म सो कसरत गरेका कार्कीले अहिले पनि त्यो रणनीति त्यागिनसकेको श्रोत बताउँछ ।
सिंगो मुलुकको जनमत र राजनीति दलका शीर्ष नेताहरु समेत महाअभियोग प्रस्ताव पास गर्ने तयारी गर्न लागेपछि अहिले भने कार्की त्यसलाई प्रतिवाद गर्ने तयारीमा समेत जुटेका छन् । उनले आफु निकटस्थहरुको छलफलमा राजीनामा नदिने बरु महाअभियोगनै फेस गरेर अघि जाने मोडमा रहेको श्रोतले बताएको छ ।
कांग्रेससँग झिनो आशा
यता, कार्कीलाई अर्को एउटा झिनो आशा भने बाँकी छ । नेपाली कांग्रेसले उनी विरुद्ध दर्ता गराएको सो प्रस्तावका बारेमा अहिलेसम्म आधिकारिक धारणा बाहिर सार्वजनिक गरेको छैन् । नेपाली कांग्रेसभित्रै केही नेताहरु लोकमानको पक्षमा मरिमेटेर लागेका छन् भने केही नेताहरु महाअभियोगको पक्षमा रहेका छन् ।
कांग्रेसको एउटा समुह भने मध्यमार्गी धारमा देखिन्छ । यी तीन समुहमा २ वटा समुहलाई आफ्नो पक्षमा पार्न सके सफल हुन सकिन्छ भन्ने कार्की मनासय रहेको बुझिन्छ । यद्यपि, कांग्रेस सभापति देउवाले नै जनमतको विरुद्धमा जान नसकिने बताएपछि कार्कीलाई कांग्रेसप्रति पनि विश्वास लाग्न छाडेको बताइन्छ ।
भारतको सक्रियता !
लोकमानसिंहको जीवनको लामो व्यक्तिगत, राजनीतिक, प्रशाशनिक पाटोलाई नियाल्दा उनी भारत, दरबार र नेपाली कांग्रेसको निकट रहेर काम गरेका व्यक्ति हुन् । गणतन्त्रमा समेत यिनले राम्रै अवसर पाउन सफल भए । यद्यपि, अहिले महाअभियोगको पक्षमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पहलमा केही वर्षअघि कार्की अख्तियार प्रमुख भएका हुन् । अहिले प्रचण्ड उनीविरुद्ध महाअभियोग पास गर्न कम्मर कसेर लागेका छन् ।
त्यसर्थ,अहिले कार्कीलाई संकट परेका बेला भारत र कांग्रेसका केही नेताहरु जोगाउने अभियानमा लाग्नु स्वाभाविक भएको धेरैको ठम्याई छ । कार्कीले अहिले संसद र सडक जहाँबाट भएपनि आफुविरुद्धको आरोपको प्रतिवाद गर्ने तयारी गरेको श्रोतले बताएको छ ।
उनलाई यो साहास दिने शक्ति भनेकै पूराना शक्तिहरु हुन्, जोसँग भारत प्रत्यक्ष रुपमा जोडिएको देखिन्छ । महाअभियोग प्रस्ताव दर्ता भएपछि ३५ दिनभित्र यसको फैसला भैसक्नुपर्छ । ती दिनहरु लोकमानका लागि अवसर र चूनौतीका दिनहरु भएका छन् । भनिन्छ, यसबेला भारतीय गुप्तचर संस्था ‘रअ’ ले लोकमानको पक्षमा ठूलो बार्गेनिङ पावर बढाइरहेको छ । कार्कीको बचाउमा भारत लाग्नु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि समेत शुभ संकेत नभएको एकथरी विश्लेषकहरुको भनाई छ । तर राष्ट्रको कार्यकारी प्रमुखले एउटा कर्मचारीको विषयमा यति धेरै महत्व दिन नमिल्ने अर्कोथरी पक्षले बताइरहेका छन् ।
भारतीय गुप्तचर संस्थानै सक्रिय भएकोले लोकमानको आत्मबल बढेको हुनसक्ने जानकारहरु बताउँछन् । प्रचण्ड प्रधानमन्त्री भएकै बेला केही वर्षअघि (२०६५ सालमा) कट्वाल प्रकरण मञ्चन हुँदा समेत भारतीय गुप्तचर संस्था सक्रिय भएको थियो । अहिले पनि उस्तै प्रकृतिको परिघटना देखिएकोले लोकमानसिंह पनि कतै राजीनामा नदिएर तत्कालीन प्रधानसेनापति रुक्मांगद कट्वालकै शैलीमा प्रस्तुत हुने त होइनन् भन्ने धेरैलाई आशंका छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी